काठमाडौं । त्रिभुवन विमानस्थलमा रोकिएको अन्तर्राष्ट्रिय अडान सचारु भएको छ । विमानस्तलको अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको हो ।
अहिले म्यानुअल्ली रुपमा उडान भइरहेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ ।
महाप्रबन्धक ठाकुरका अनुसार अहलिे यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा भीड बढेको छ । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो ।
महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने पनि बताए ।





















प्रतिक्रिया