काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयनको पाटो हेर्न छुट्टै निकाय आवश्यकता औंल्याएका छन् । शनिबार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका हुन् ।
ढूंगानाले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै यस्तो आवश्यकता औंल्याएका हुन् । उनले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताए ।
‘संविधान युगौँयुगको लागि बनाइने हो, तर हामीलाई तत्कालको बेलामा एउटा सदस्यलाई मन्त्री बन्नबाट रोक्नको लागि बनाएका छौँ । संविधानमा दूरदृष्टि हुनुपर्छ, त्यो हाम्रोमा भइरहेको छैन, हामीले तात्कालिक कुरालाई रोक्नका लागि संविधान बनाएका छौँ । सबैलाई बाँध्नका लागि संविधान बनाउँदा कसैलाई पनि नबाँधिने संविधान भएको छ, अहिले संविधानले कसैलाई बाँधेको छैन । संविधानको कार्यान्वयन हेर्न एउटा उच्च निकाय बनाउन आवश्यक छ’, उनले भने ।




















प्रतिक्रिया