Logo

राजनीति

एकढिका भएर स्ववियु चुनावमा होमिन अखिलका पूर्वअध्यक्ष शर्माकाे निर्देशन



काठमाडाैं । नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य हिमाल शर्माले एक ढिका भएर स्ववियु निर्वाचनमा हाेमिन सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका नेता शर्माले केन्द्रीय समितिको निर्णयअनुसार उपत्यका विशेष प्रदेश समितिले शनिबार काठमाडौँमा आयाेजना गरेकाे कार्यशालालाई सम्बाेधन गर्दै यस्ताे निर्देशन दिएका हुन् । उनले अखिल क्रान्तिकारीभित्र देखा परेका अराजनीतिक गतिविधिहरुलाई स्थान दिन नहुने समेत बताए ।

यसैगरी संगठनका अध्यक्ष पञ्चा सिंहले आफूहरुको सम्पूर्ण ध्यान स्ववियु चुनाव केन्द्रीत रहेको बताउँदै केन्द्रीय परिपत्रअनुसार सम्पूर्ण शक्ति क्याम्पसहरुमा केन्द्रीत गरेर अगाडि बढ्ने बताइन् । उपाध्यक्ष मिलन एमसी स्ववियु चुनावमा श्रेष्ठता हासिल गर्न सम्पूर्ण शक्ति एक भएर लाग्नुपर्ने बेला आएको बताए ।

अखिल क्रान्तिकारीले यही माघ १५ गते कर्णाली, १६ गते सुदूरपश्चिम, १७ गते लुम्बिनी, १८ गते बागमती, १९ गते मधेस, २० गते १ नम्बर प्रदेशमा कार्यशाला गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार २०:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।