Logo

खेलकुद

क्यानले गर्यो राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण




पोखरा । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमका सदस्यहरुको वर्गीकरण गरेको छ ।

पोखरामा भएको कार्यसमितिको बैठकले १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।

यसअनुसार ग्रेड एमा रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेख छन् । ग्रेड बीमा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने ग्रेड सीमा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई राखिएको छ ।

त्यस्तै ग्रेड एमा महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा परेकी छन् भने बीमा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम रहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार १३:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।