काठमाडौँ । एस.डि प्रोमो मिडिया प्रा.लि.ले इइपिसि भारत र च्यमसन नेपालसँगको सहकार्यमा आयोजना गर्न थालेको नेपाल मेडिकल तथा ल्याब एक्सपोको सम्पूर्ण तयारी गरेको छ ।
एस.डि प्रोमो मिडिया प्रा.लि एउटा नेतृत्वदायी संस्था हो जसको आयोजनामा गइरहेको यस एक्स्पो यही फागुन १८–२० मा भृकुटिमण्डपमा हुदैं छ । यस नेपाल मेडिकल तथा ल्याब एक्स्पोमा सबैभन्दा बीटुबी मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हुदैं छ ।
यस नवीन प्रदर्शनीमा नेपालबाट ३०० भन्दा बढि प्रदर्शकहरू आउनुका साथै भारत तथा अन्य देशहरूबाट ८०० भन्दा बढि ब्रान्डले १००० भन्दा धेरै उत्पादनहरू तथा सेवाहरु सार्वजनिक प्रदर्शनीमा राख्नेछन् जसले स्वास्थ्य तथा ल्याबरेटोरीका आवश्यकतालाई सम्बोधन गर्ने छ ।
सबै कम्पनीले आफ्ना पछिल्ला तथा उत्कृष्ट उत्पादन प्रदर्शन गर्नका लागि सबै तयारी गरेका छन् । यस प्रदर्शनीका विगतका संस्करणहरूमा पनि अग्रणी ब्राण्डहरूले सहभागिता जनाइ आफ्ना उत्कृष्ट तथा नवीन उत्पादनहरूले सबैलाई प्रभावित गरेका थिए ।




















प्रतिक्रिया