Logo

प्रमुख समाचार

काठमाडौं आइपुग्यो बाइभ्यालेन्ट खोप, पहिलाे चरणमा ३ लाख ४५ हजार




काठमाडौं । कोरोना भाइरस फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खाेप काठमाडौं आइपुगेको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको बाइभ्यालेन्ट खोप सोमबार बिहान काठमाडौं ल्याइएको हो ।

पहिलो चरणमा ३ लाख ४५ हजार ल्याइएको खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले बताए । विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार १०:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।