Logo

खेलकुद

हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने कप्तान रोहितकुमार




काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्धको खेलमा एक हजार रन पूरा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग-टु एकदिवशीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा ५५ रन बनाएपछि रोहित ओडीआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।

रोहितले ३३ खेल खेल्दै १ शतक र ६ अर्धशतकको मद्दतमा एक हजार रनको कोशेढुंगा पूरा गरेका हुन् । ओडीआईमा रोहितको व्यक्तिगत उच्च स्कोर १२६ रन हो । लिग-टु मा २२औं खेल खेलिरहेका रोहितले चार अर्धशतक मद्दतमा ६०० भन्दा बढी रन बनाइसकेका छन् । लिग-टु मा सबैभन्दा धेरै रन नामिबियाका कप्तान जेर्हार्ड एरसामसले बनाएका छन् । एरासमसले २९ खेल खेल्दै १ शतक र ११ अर्धशतक मद्दतमा १ हजार २२२ रन बनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १५:२०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।