काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-टू खेलमा नेपाललाई स्कटल्यान्डले २१३ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदानमा भइरहेको शृखंलाको अन्तिम खेलमा नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै १० विकेट गुमाएर २१२ रन बनाएका थिए ।
पहिले ब्याटिङमा आएको स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक ६० रन बनाए । म्याथ्यु क्रसले ४२ र ब्रान्डन म्याकुलेनले ३१ रन बताए । काएल कोएत्जर र क्रिस म्याब्राइजले समान २२ रन बनाए । बर्थडे ब्वाए मुन्सीले नेपाल विरुद्ध आक्रमक ब्याटिङ गर्दे ६० रन बनाए । त्यसका लागि उनले ५० बल खेल्दे ९ चौका र २ छक्का प्रहार गरे ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । कप्तान रोहितले आठौं ओभरमै स्पीनर सन्दीपलाई बल दिए । सन्दीपले उक्त ओभरमै कोएत्जर र मुन्सीको साझेदारी ब्रेक गरे । सन्दीपले कोएत्जरलाई एबलीडब्लु शिकार बनाए ।
मुन्सेले दोस्रो विकेटका लागि क्रिस म्याब्राइजसँग ४७ रनको साझेदारी गरे । सन्दीपले मुन्सेलाई बोल्ड गर्दै साझेदारी तोडे । कुशल मल्लले २२ रन बनाएका म्याब्राइजलाई २१औं ओभरमा एलबीडब्लु आउट गर्दै नेपाललाई चौथो सफलता दिलाए । उत्कृष्ट बलिङ गरेका सन्दीपले १ रन बनाएका टोमस म्याकिन्टोसलाई सन्दिप जोराबाट अर्को ओभरमा क्याचआउट गराए ।
करण केसीको बलिङमा दीपेन्द्र सिंह ऐरीले क्रसलाई डाइरेक्ट हिटमार्पत रनआउट गरे । लगत्तै करणले नेपालले विरुद्ध अघिल्लो खेलमा शतक बनाएका माइकल लिस्कलाई बोल्ड गरे । करणले नै ३९औं ओभरमा म्याकुलेनलाई ललित राजवंशीबाट क्याचआउट गराए ।
राजवंशीले ४० ओभरमा ७ रन बनाएका क्रिस ग्रिभ्सलाई एलबीडब्लु धरापमा पारे । करणले अन्तिम विकेटको रुपमा मार्क वाटलाई आउट गरे । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृख्लामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेमा ३/३ विकेट लिएका थिए । लिग-टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् ।
करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र दिएका थिए । क्वालिफायर प्लेअफमा लिग-टु का चार टिम र च्यालेन्ज लिगका दुई टिम गरी छ टिमबीच प्रतिस्पर्धा हुनेछ ।




















प्रतिक्रिया