Logo

खेलकुद

‘स्पट फिक्सिङ’ आरोपमा पक्राउ परेका तीनैजनालाई धरौटीमा रिहा गर्न आदेश



काठमाडौंमा भएको नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङमा संलग्न रहेको आरोपमा पक्राउ परेका क्रिकेटर मेहबुब आलम, आदिल अन्सारी र नितेश गुप्तालाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

तीनै जनालाई जनही तीनरतीन लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीचले स्पट फिक्सिङमा नेपाली पाँच जना खेलाडीसहित १२ जना संलग्न रहेको ठहर गर्दै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थिए ।

सरकारी वकिलले नेपाली खेलाडीलाई मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । जसमा मेहबुब, आदिल र नितेश गुप्ता पक्राउ परेका थिए । दुई जना अझै फरार रहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।