काठमाडौं । क्रिकेट खेल्नका लागि देशबाहिर जान पाउनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले दिएका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ सुरु भएको हो ।
उच्च अदालतले २८ पुसमा धरौटीमा छाड्न आदेश दिँदा उपत्यका छाड्न नपाइने लगायतका शर्त राखेको थियो । त्यही कारण लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान नपाउने भएको छन् । उक्त प्रतिबन्ध हटाउन माग गर्दै सन्दीप सर्वोच्च गुहार्न पुगेको हो ।
सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो । यो मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।




















प्रतिक्रिया