Logo

खेलकुद

सन्दीप लामिछानेको निवेदनबारे सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने



काठमाडौं । क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीप लामिछानेले सर्वोच्च अदालतमा हालेको निवेदनबारे सुनुवाइ सकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । केहीबेरमा आदेश आउने बताइएको छ ।

सुनुवाइका क्रममा नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले सन्दीपको जिम्मा आफूले लिने बताएका थिए । सन्दीपलाई एउटा खेलाडीका रुपमा विदेश जान दिनुपर्ने भन्दै उनले यूएई गएपछि पासपोर्ट आफूहरुले लिने र नेपाल आउँदा सँगै ल्याउने बताएका थिए ।

न्यायाधीश खतिवडाले क्रिकेट म्यानेजर दासलाई आफूले विश्वास गर्ने बताए । कानुन उल्लंघनको विषयलाई सर्वोच्च अदालतले गम्भीर रुपमा लिनुपर्ने बताएका उनले कानुनको प्रक्रियालाई किन फरक गर्नुपर्ने भनेर प्रश्न गरे । त्यसपछि उनले कानुन व्यवसायीहरुलाई खेल कहिले हुन्छ भनेर प्रश्न सोधे । कानुन व्यवसायीले मिति बताएपछि न्यायाधीश खतिवडाले छोटो बहस सुने र आदेशका लागि पर्खिन आग्रह गरे ।

लामिछानेविरुद्ध नाबालिग बलात्कारको अभियोग छ । त्यो मुद्दामा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर त्यसविरुद्ध लामिछानेले गरेको पुनरावेदनमा उच्च अदालतले २८ पुसमा २० लाख धरौटीमा छाड्दा उपत्यका छाड्न नपाइने, विदेश जान नपाइने जस्ता शर्तहरु राखिएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार १६:२३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।