काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतबाट विदेश भ्रमणमा जाने अनुमति पाउन सकेनन् । देशबाहिर हुने खेलमा सहभागी हुन आफूले पाउनुपर्ने माग गर्दै दिएका निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले अनुमति नदिएको हो ।
साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ । यससँगै अब यूएईमा हुने त्रिदेशीय सिरिज खेल्न जान नपाउने पक्का भएको छ ।




















प्रतिक्रिया