Logo

प्रमुख समाचार

बिरगंजमा चर्कियो राजतन्त्रको नारा,गणतान्त्रिक व्यवस्थाप्रति युवाहरुको चरम असन्तुस्टी



वीरगंज । संघिय गणतान्त्रिक व्यवस्थाप्रति असन्तुस्टी जनाउदै आज वीरगंजमा बृहत त्याली सम्पन्न भएको छ । नेपालमा राजसस्था र हिन्दुअधिरज्य पुनर्स्थापनाको माग गर्दै वीरगंजमा बृहत मोटरसाईकल र्याली भएको हो ।

बिर गोर्खाली नामक स्वतन्त्र युवाहरुको समूहले वीरगंजको बिर्ता बजारबाट र्याली निकालेर वीरगंज बजार परिक्रमा गरि घन्टाघरमा कोणसभामा सम्पन्न गरेको हो ।
पछिल्लो समयमा राप्रपा सोहि मुद्दा बोकेर सरकारमा सहभागी भएको थियो। आफुहरुले बोकेको मुद्दा सदनबाट नभएर सडकबाट मात्र स्थापन गर्न सकिने भन्दै यस अभियानले लामो समय देखि राजालाई देशको अभिभावकका रुपमा राख्न सडकबाटै दावाब दिदै आईरहेको छ।

हाल गणतान्त्रिक व्यवस्थाप्रति देशभक्त युवाहरुको असन्तुस्टी बढिरहेको देखिन्छ । राजनीतिक दल र तिनका नेताहरुको सत्ता स्वार्थका कारण देशमा बढ्दै गएको अस्थिरताले सिंगो व्यवस्था माथिनै प्रश्न गर्न थालेका छन्। नेपाली राजनीतिमा देखिएको अस्थिरता र तिब्र उतारचढाव आईरहेका बेला राज्यप्रणालीसंग असन्तुस्ट पक्षहरुले पुन: चौतर्फी रुपमा व्यवस्था परिवर्तनको माग गर्न थालेका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार १५:२८   :  बजे

360
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।