काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ दल (नयाँ गठबन्धन)को बैठक बोलाएका छन् । अहिले साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा विश्वासको मत लिनेबारे छलफल गर्ने बताइएको छ ।
राष्ट्रपतिको निर्वाचन सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि सरकारमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको छ भने नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
२५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । प्रधानमन्त्री दाहालले त्यसअघि विश्वासको मत लिने वा त्यसपछि मात्रै लिने भन्ने विषयमा गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्न लागेका हुन् ।
तत्कालको सत्ता गठबन्धनमा भएको सहमति तोडेर राष्ट्रपति निर्वाचनका लागि नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले राप्रपाले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यतामा छन् ।




















प्रतिक्रिया