Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डकाे निर्देशनपछि परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण रोकियो



काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल स्वीट्जरल्याण्ड (जेनेभा) भ्रमण रोकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणमा नजान निर्देशन दिएपछि पराष्ट्रमन्त्री पौड्यालको जेनेभा नजाने भएकी हुन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारीमा थिइन् ।

यसअघि भ्रमणको तयारीका क्रममा परराष्ट्रमन्त्री पौड्यालले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् । मानवअधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी)ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।

मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । तर अब उनको भ्रमण नै रोकिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १९:२५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।