काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र लिङदेनले देश आर्थिक तथा भू–राजनीतिको भयानक चेपुवामा परेको हठर गरेका छन् । सामाजिक संजालमार्फत छोटो समय सरकारमा बस्दाका निष्कर्ष बुँदागत रुपमा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
सत्ता गठबन्धन भत्किएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएका अध्यक्ष लिङ्देनले नेताहरुका कारण कर्मचारी बिग्रेका पनि बताएका छन् । ‘कर्मचारीले नेताभन्दा नेताले कर्मचारी बिगारेको रहेछ । देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ’, उनले फेसबुकमा लेखेका छन्, ‘नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेछ । देश बनाउन नसकिने र नबन्ने रहेनछ । बनाउन सकिन्छ र बन्छ ।’
शनिबार दिउँसो बालुवाटारमा पुगेर उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री लिङदेनसहित सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जाराज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका थिए ।




















प्रतिक्रिया