Logo

राजनीति

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गरिने



काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नै मन्त्रिपरिषद्बाट सहिद घोषणा भइसकेका तर राजपत्रमा नाम प्रकाशित गर्न बाँकीहरुको नाम प्रकाशित गर्ने निर्णय भएको ती मन्त्रीले बताए । उक्त सहिदको नामावलीमा ०६२/०६३ सालको संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र जनयुद्धमा मृत्यु भएकाहरुको नाम समावेश छ ।

यद्यपि अहिले माओवादी केन्द्रका प्रधानमन्त्रीसहित पाँच र जनमत पार्टीका एक मन्त्री मात्रै रहेको अवस्थामा मन्त्रिपरिषद्‍को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । सरकारबाट नेकपा एमालेसहित राप्रपा र रास्वपा बाहिरिइसकेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार २०:१०   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।