Logo

राजनीति

कमला पुलको पुनःनिर्माण गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन



काठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने जीर्ण कमला पुलको पुनर्निर्माण तत्काल सुरु गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । यहाँस्थित कमला पुलको आज स्थलगत निरीक्षण गर्ने क्रममा उनले निर्माणको जिम्मा पाएको लुम्बिनी बिल्डर्स कन्स्ट्रक्सनलाई सो निर्देशन दिएका हुन् ।

“निर्माण व्यवसायी कम्पनीले ढिलोमा दुई हप्तामा काम सुरु गर्नुपर्छ । बोल्ने एउटा र गर्ने अर्को कुरा अब सह्य हुँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, “राज्यद्वारा जनतालाई हानि नोक्सानी पु¥याउने गरी विकास निर्माणको काम अलपत्र पर्छन् भने त्यो सह्य हुँदैन, छुट दिन सकिँदैन । यसका लागि सरकार निर्मम भएर अगाडि बढ्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठ प्राविधिक टोलीसहित कमला पुल निरीक्षणका लागि आएका हुन् । यस क्रममा उनले १२ वर्षसम्म निर्माण कार्य सम्पन्न नभएको कमला पुललाई गुणस्तरीय ढङ्गले र निर्धारित समयमै सम्पन्न गर्ने गरी प्राविधिक टोलीसहित कमला पुलको निरीक्षण गर्न आएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार २२:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।