काठमाडौं । प्रदेश १ मा प्रदेशको नामकरणसम्बन्धी प्रस्ताव पेस गर्ने समय थप गरिएको छ । प्रस्ताव सचिवालयमा दर्ताका लागि बिहान १० बजेदेखि १२ बजेसम्मका लागि दिएको समयमा कसैले पनि प्रस्ताव नगरेपछि एक घण्टा समय थप गरिएको प्रदेशसभाका सचिव गोपाल प्रसादपराजुलीले जानकारी दिए ।
प्रदेशसभा सचिव पराजुलीले बुधबार सूचना प्रकाशित गर्दै बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्ममा नामकरणसम्बन्धी आफ्नो प्रस्ताव पेस गर्न आह्वान गरेका थिए । सभामुखको आदेशअनुसार उनले प्रकाशित गरेको सूचनामा प्रदेशसभा नामकरणका लागि प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ५८ (ख) (१) बमोजिम सोही नियमावलीको अनुसूची–९ को ढाँचामा प्रस्ताव पेस गर्न भनिएको छ ।
प्रदेशसभा सचिवालयले प्रदेश नामकरण प्रस्ताव पेस भइ निर्णय हुने गरी आजको प्रदेशसभा बैठकको कार्यसूची उल्लेख गरेको छ ।
- याे पनि…




















प्रतिक्रिया