काठमाडौं । सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न नेपालले यूएईलाई हराउनैपर्ने बाध्यता छ । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आयोजक यूएईलाई पराजित गरे नेपालले आगामी वर्ष यू–१९ विश्वकप खेल्नेछ ।
छनोटअन्तर्गत नेपाल र आयोजक युएईबीचको खेल बिहीबार इडेन गार्डेन ओभलमा हुनेछ । उक्त खेलको विजेता विश्वकपमा खेल्न योग्य हुनेछ ।
छनोट प्रतियोगितामा नेपाल र युएई दुवैले अघिल्ला चारवटै खेलमा जित हात पार्दै समान ८–८ अंक जोडेका छन् । तर रनरेटका आधारमा यूएईअघि छ ।
छनोटमा युएई र नेपालसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसियाको सहभागिता रहेको छ । यसअघि नेपालले सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन, हङकङलाई ९ विकेट तथा मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।




















प्रतिक्रिया