Logo

राजनीति

प्रदेश १ को नामकरणसम्बन्धी प्रस्तावमाथिको छलफल सकियो, मत विभाजन आजै



विराटनगर । प्रदेश १ प्रदेशसभामा प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमाथिको छलफल सकिएको छ । प्रदेशसभामा नेकपा एमालेले कोशी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेको छ । सोही नामका विषयमा सांसदलहरुले छलफलमा धारणा राखेका थिए ।

छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक दुई घण्टाका लागि स्थगित गरेका छन् । दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ । प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १९:१०   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।