Logo

राजनीति

रेशम चाैधरीलाई जेलमै भेट्न पुगे रामचन्द्र पौडेल



काठमाडौं । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिमा उम्मेदवारी दिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी भेट्न कारागार पुगेका छन् । केन्द्रीय कारागार डिल्लीबजारमा रहेका चौधरीलाई नेता पौडेलले बिहीबार भेटेका हुन् ।

भेटमा चौधरीले नेता पौडेललाई भोट हाल्नको लागि विभिन्न शर्त अघि सारेका छन् । स्रोतका अनुसार उनले नेता पौडेलसमक्ष सुदुरपश्चिम प्रदेशको नाम खप्तड थरुहट प्रदेश राख्नुपर्ने, टीकापुर घटनाको दोषीलाई रिहाइ गर्नुपर्ने, टीकापुरलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने लगायतका सर्त राखेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १८:५४   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।