Logo

खेलकुद

लिग टू : पीएनजीविरुद्ध नेपालले पायो १८० रनको लक्ष्य



काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनी (पीएनजी) बाट जितका लागि १८० रनको लक्ष्य पाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले २०८ रनको लक्ष्य पाएको हो ।

आजको खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २/२ विकेट लिए । आज पीएनजीका कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । उसका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए भने हिरी हिरीले ३१ रन तथा किप्लिन डोरिगाले २६ रन बनाउन सके । पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

बाउ र भालाले समान ११ रन जोडे । ९१-४ को अवस्थामा रहेको पीएनजीको इनिङ्स हिरि हिरी र गौडी टोकाले सम्हाल्ने प्रयास गरेका थिए । यो जोडीले पाँचौ विकेटका लागि १३ ओभर खेल्दै ३२ रनको साझेदारी गरे । गौडी टोकालाई दीपेन्द्रले बोल्ड गर्दै नेपाललाई पाँचौ सफलता दिलाए । टोकाले १५ रन जोडे । ४२औं ओभरमा करण र दीपेन्द्रले चाड सोपरलाई रनआउट गरे । दीपेन्द्रले ४४औं ओभरमा हिरी हिरीलाई आउट गरे ।

सोमपाल कामीले रिले हेकुरेलाई ४७औं ओभरमा बोल्ड गरे । करणले ४९औ ओभरमा नोर्मन भानुअलाई १४ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडना राख्दै ३६ रन खर्चेर १ विकेट लिए ।

किफायती बलिङ गरेका करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए । समान एक ओभर बलिङ गरेका कप्तान रोहित पौडेल र आरिफ शेखले क्रमश: १ र ६ रन खर्चिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १५:२९   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।