काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री एवं माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पाउमा तेल घसिरहेको भन्दै व्यङ्ग्य गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गगन थापाले महामन्त्रीको उम्मेदवार बन्दै गर्दा कांग्रेसलाई आफ्नै खुट्टामा उभिने पार्टी बनाउने बताए पनि व्यवहारतः त्यस्तो भूमिकामा नदेखिएको बताए ।
‘गगनले भन्याथे–कांग्रेसलाई आफ्नै खुट्टामा उभिने बनाउन मेरो महामन्त्रीमा उम्मेदवारी’, नेता बासकोटाले भनेका छन्, ‘तर आज उनी प्रचण्डको पाउमा तेल घस्दैछन् ।




















प्रतिक्रिया