Logo

प्रमुख समाचार

चुनावमा अन्तर्घात गर्ने ८० जनामाथि कारबाही गर्ने जसपाको तयारी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चुनावमा अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा अन्तर्घात गर्ने ८० जनालाई कारबाही गर्ने भएको हो ।

शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाइसकेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो ।

कारबाहीको सिफारिस गरिएका मध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन् । जसमध्ये ८० जनालाई कारबाहीको सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १७:३१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।