Logo

प्रमुख समाचार

‘उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र कृषि क्षेत्रमा ठूलो लगानी आवश्यक’



काठमाडौं । उपप्रधान तथा उर्जामन्त्री नारायणकाजी श्रेष्ठले माहामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटहरू सामना गरिरहेका अतिकम विकसित देशहरुको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्न विकास साझेदारहरुसमक्ष आग्रह गरेका छन् । कतारको दोहामा जारी अतिकम विकसित राष्ट्रहरुको सम्मेलन (एलडीसी) लाई शनिबार सम्बोधन गर्दै उनले विकास साझेदारहरुसँग सहयोग प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

मन्त्री श्रेष्ठले धेरै संकटहरुको सामना गर्दै आएका अतिकम विकसित देशहरुका लागि उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र कृषि क्षेत्रमा ठूलो लगानी आवश्यकता रहेको बताए । ‘अतिकम विकसित देशहरुलाई गुणस्तरीय र दिगो उर्जा, यातायात र डिजिटल कनेक्टिभिटीको भरपर्दो पूर्वाधार अहिले झनै आवश्यक भएको छ’, श्रेष्ठले भने ।

यस क्रममा उनले सबैभन्दा जोखिममा रहेको समाजलाई सुरक्षित गर्न र विकास तथा मानव स्रोतको सम्भावना उपयोगका लागि सामाजिक सुरक्षाको समृद्धि र भरपर्दो स्वास्थ्य प्रणाली आवश्यक रहेको औंल्याएका थिए । यस्तै विश्वव्यापीकरणले सिर्जना गरेको विकासको प्रतिफलबाट दशकौंदेखि अतिकम विकसित देशहरुलाई बञ्चित गरिँदै आएको पनि उनको गुनासो थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार २१:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।