काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् । यसअघि विभिन्न सर्त राख्दै दुवै दलले मुख्यमन्त्री शाहलाई विश्वासको मत नहाल्ने भनेका थिए ।
तर आज भएको सहमतिअनुसार अब दुवै दल विश्वासको मत हाल्न तयार भएका मुख्मन्त्री शाहका स्वकीय सचिव टेकराज कडायतले जानकारी दिए ।
यसअघि माओवादीको मुख्मन्त्री शाहका दल कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको थियो भने नागरिक उन्मुक्तिले लिखित सहमित गर्नुपर्ने अडान राख्दै आएको थियो ।




















प्रतिक्रिया