Logo

प्रमुख समाचार

राष्ट्रपति निर्वाचनका लागि एमालेद्वारा पार्टीका सांसदहरुलाई प्रशिक्षण



काठमाडौं । राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरू गरेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भएका छन् ।

प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् ।

एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १५:५७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।