Logo

खेलकुद

वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड अल्मुताइरीलाई



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले वर्ष उत्कृष्ट अवार्ड पाएका छन् । अल्मुताइरीलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ मा वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो ।

मंगलबार एक कार्यक्रमका बीच उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड दिइएको हो । पहिलो पटक नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा पुर्‍याएका अल्मुताइरी उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन् ।

अल्मुताइरीकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा समेत पुगेको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १७:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।