काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको स्पष्ट पारेका छन् । एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री प्रचण्डको यस्तो जवाफ आएको हो ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयभन्दा पनि त्यहाँ स्थानीय तहले कलेज खोल्ने विषयमा चर्चा चलेको आफूले थाहा पाएको बताए । ‘मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो’, उनले भने, ‘पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन ।’




















प्रतिक्रिया