Logo

खेलकुद

पीएनजीवरुद्धको खेलमा आसिफको अर्धशतक पूरा



काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा पहिले ब्याटिङ गरेको नेपालका आसिफ शेखले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

आसिफले ४७ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । उनले २ छक्का र ५ चौका प्रहार गरेका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले १७ ओभरको समाप्तीमा कुनै पनि विकेट नगुमाई १ सय २ रन बनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १०:५४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।