आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)ले युएईलाई हराएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभर ९ विकेट गुमाउँदै २४६ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको युएईले ४२.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९० रन मात्र जोड्न सक्यो ।
युएईको यो हारसँगै नेपाललाई फाइदा पुगेको छ । समान ३३ खेल खेलेको नेपाल र युएई यो खेलपछि १४ खेल मात्रै जितेको छ भने नेपालले १६ खेल जितेको छ ।
नेपाल अंक तालिकाको पाँचौ स्थानमा रहँदा युएई छैटौ स्थानमा रहेको छ । यस्तै, पिएनजी अन्तिम स्थानमा रहेको छ ।
नेपालले लगातार ३ खेल जित्न सक्यो भने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने सम्भावना उच्च रहेको छ । अंक तालिकाको शिर्ष ३ टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् शिर्ष ५ भित्र रहने टोली एकदिवसीय मान्यता जोगाउनेछन् ।




















प्रतिक्रिया