Logo

प्रमुख समाचार

नेविसंघ ५ क्याम्पसको स्ववियु सभापतिमा निर्विरोध निर्वाचित



त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा ५ चैतमा हुने चुनावका लागि शनिबार मनोनयन दर्ता भएको छ ।

देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुँदा विभिन्न पाँच क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका पाँचजना स्ववियु सभापति निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ ।

नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार २२:४८   :  बजे

1.7K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।