Logo

प्रमुख समाचार

स्ववियुमा आफ्नो संगठलले कसैसँग तालमेल गर्दैन : समिक बडाल



नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठलले कसैसँग तालमेल नगरेको बताएका छन् ।

‘हामीले केन्द्रीय रुपमा कसैसँग पनि तालमेल गरेका छैनौं । तर वामपन्थी र प्रगतिशील विद्यार्थी संगठनलाई एक ठाउँमा उभिन आह्वान गरेका छौं । स्थानीय स्तरमा आवश्यकता अनुसार तालमेल भएको हुन सक्छ,’ बडालले भने ।

अध्यक्ष बडालले आफ्नो संगठनले हडताल, बन्द र तालाबन्दीरहित विश्वविद्यालयको एजेन्डा अघि सारेको पनि बताए । उनले भने, ‘अनेरास्ववियु अन्य विद्यार्थी संगठनसँग दाँज्न मिल्दैन । अनेरास्ववियु गैरप्राज्ञिक मुद्दा राखेर विश्वविद्यालयलाई ६ महिनासम्म अनाहक बन्धक बनाउने संगठन होइन । आजको प्रविधिको युगमा हामी बन्द, हडताल र तालाबन्दीरहित विश्वविद्यालय बनाउन चाहन्छौं ।’

स्ववियु निर्वाचनमा राज्य संरक्षित श्वेत आतंक मच्चाइएको आरोप पनि बडालले लगाए । उनले भने, ‘हामी स्वस्थ निर्वाचनको पक्षमा छौं । भयरहित निर्वाचनमा प्रतिबद्ध छौं । तर विभिन्न क्याम्पसमा राज्य संरक्षित श्वेत आतंक मच्चाइएको छ । कलेज हातामा हतियार लिएर हिँडेका छन् । शान्ति सुरक्षाको व्यवस्था छैन । झडप हुँदा पनि सुरक्षाकर्मीले टुलुटुलु हेरेको स्थिति छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार ०९:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।