Logo

आजको तस्बिर

‘कोशी’ खारेज गरी पहिचानसहितको नाम राख्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरिएकोविरुद्ध काठमाडौंको माइतीघरमा विशाल प्रशर्दन भएको छ । आइतबार ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै विभिन्न पहिचानवादी समुदायले प्रदर्शन गरेका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै पहिचानसहितको नाम राख्नुपर्ने प्रदर्शनकारीहरुको माग छ । उनीहरूले कोशी प्रदेशको नाम खारेज गरि किराँत वा किराँत लिम्बुवान शेर्पालुङ राख्न माग गरेका छन् ।

फागुन १७ गते बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राख्ने प्रस्ताव पारित गरेको थियो । यससँगै पहिचान पक्षधरहरू आन्दोलित भएका हुन् ।

तस्बिरहरु हेर्नुस्

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १७:०३   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।