Logo

प्रमुख समाचार

राष्ट्रियसभाको बैठक चैत ८ गतेलाई सर्‍यो



सोमबारका लागि तोकिएको संघीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ ।

राष्ट्रियसभाको सचिवालयले आइतबार सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा चैत ८ गते बस्नेगरी निर्धारण गरिएकोसूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार ०८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।