Logo

आजको तस्बिर

शीतलनिवासमा नयाँ राष्ट्रपतिकाे स्वागत र निर्वतमान राष्ट्रपतिको बिदाइ (तस्बिरहरु)



काठमाडौं । शीतलनिवासले आज (सोमबार) नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागतसँगै निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ गरेको छ । फागुन २५ गते नेपालको तेस्रो राष्ट्रपतिका रुपमा निर्वाचित भएका पौडेलले आजै पद तथा गोपनीयताको शपथ लिँदै शीतलनिवास सरेका हुन् ।

एक विशेष समारोहका बिच नयाँ राष्ट्रपति पौडेलको स्वागत गरियो भने भण्डारीलाई बिदाइ गरियो । विदाइका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई मायाको चिनो प्रदान गरे । बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम नसकिएकाले उनी सीधै छोरी उषाकिरणको घर बालुवाटार गएकी हुन् ।

तस्बिरहरु हेर्नुहाेस्

तस्बिर : रासस

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:०१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।