काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई नाै रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।
यो जितसँगै नेपाल ४० अंकका साथ लिग टूको तेस्रो स्थानमा उक्लिएको छ । र, जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनाउन सफल भएको छ ।
२०१९ अगस्त १४ मा पपुवा न्युगिनी(पीएनजी) र ओमानबीचको खेलबाट सुरु भएको विश्वकप लिग टू को १ सय ४० औं खेल आज सकिएको छ । १ सय ४० औं खेल सहित बिश्वकप लिग टू सिरिजको लगभग चार वर्षे यात्रा समाप्त भएको छ । विश्वकप लिग टूमा सात देशहरुको सहभागीता रहेको थियो । नेपाल, युएई, पीएनजी, अमेरिका, ओमान, नामिबिया र स्कटल्याण्ड यसमा सहभागी थिए ।
लिग टूको शीर्ष तीनमा रहने राष्ट्रले एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनाउने नियम अनुसार च्याम्पियन स्कटल्याण्ड र दोस्रो स्थानको ओमानले छनोटमा स्थान बनाईसकेको छ । अर्थात यी दुवै देश एक दिवसीय विश्वकप खेल्न पाउने भएका छन्। नेपाल र युएईबीचको खेलबाट विजयी हुँदै नेपालले तेस्रो स्थान सुरक्षित गदै एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउने भएको छ । नेपालले अब विभिन्न टेस्ट मान्यता प्राप्त टोलीहरुसँग खेल्ने अवसर पाउनेछ ।
विश्वकप सुपर लिगका पुछारका ५ राष्ट्र, विश्वकप लिग टू का शीर्ष तीन राष्ट्र तथा विश्वकप छनोट प्लेअफका शीर्ष २ राष्ट्र गरी १० देशले विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोटको शीर्ष २ देशले भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप खेल्न पाउँनेछन् । लिग टूको पुछारमा रहने चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउने अर्को मौका स्वरुप विश्वकप छनोट प्लेअफ खेल्नेछन् । लिग टूका चार तथा विश्वकप च्यालेन्ज लिगका शीर्ष दुई(क्यानडा र जर्सी) टोलीसँग खेल्नु पर्ने हुन्छ । प्लेअफमा शीर्ष दुई टोली पनि विश्वकप छनोट खेल्न पाउने छ ।
२०२० मार्च १३, मा ओमानविरुद्ध टियु मैदानबाट लिग टूको यात्रा सुरु गरेको नेपालले आजको टियु मैदानको खेलबाटै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको हो । विश्वकप लिग टू मा नेपालले आफ्ना ३६ खेल खेल्यो । नेपालले २०२२ डिसेम्बर २ मा नामिबियाविरुद्धको खेल वर्षाका कारण नतिजा बिहिन टुङ्गाएको थियो । २०२२ जुन ११ मा अमेरिकाविरुद्धको खेल बराबरी भएपछि नेपालले अंक बाडेको थियो ।
विश्वकप लिग टूका आजसम्म खेलेका ३६ खेलमा नेपालले १९ खेलमा जित १५ खेलमा हार तथा समान ११ खेलमा बराबरी र नतिजाबिहिन खेल खेलेको छ । नेपालले लिग टूका पछिल्ला ११ खेलमा १० जित हात पारेको छ । नेपालको खेल हुने टियु मैदानबाट नेपालले १० खेल जितको हो ।




















प्रतिक्रिया