काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । नवनियुक्त आईजीपी कुँवर आज (शुक्रबार) रातिबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकासमा जान लागेका आईजीपी धीरजप्रताप सिंहसँग प्रधानमन्त्री भेट्न सिंहदबार पुगेका छन् ।
कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको थियो । दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजीपी बनाएको हो ।




















प्रतिक्रिया