Logo

राजनीति

सरकारमा सहभागी हुन रास्वपाले माग्यो साबिककै मन्त्रालय



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साबिकका मन्त्रालयहरू पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि सहभागी रहेको रास्वपाले गृह मन्त्रालयसहित शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालय पनि पाएको थियो ।

साथै, स्वास्थ्य राज्यमन्त्री पनि पार्टीको भागमा परेको थियो । अहिले पुनः सरकारमा सहभागी हुन यी तीनै मन्त्रालयहरूमा दाबी गरेको हो ।

रास्वापा प्रवक्ता डा. मुकुल ढकालका अनुसार सरकारमा जाने शर्तका रूपमा केही सैद्धान्तिक विषयहरू पनि उठाएका छ । यसअघि आफ्नो पार्टीका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका एजेन्डाहरूलाई निरन्तरता दिनुपर्ने अडान पार्टीको अडान रहेको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १३:५८   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।