Logo

प्रमुख समाचार

मन्त्रिपरिषदले पूर्णता पाउन अझै दुई/तीन दिन लाग्छ : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद पूर्णबहादुर खड्काले मन्त्रिपरिषद बिस्तार हुन अझै दुई/तीन दिन लाग्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तारका विषयमा सबै दलहरूसँग परामर्श जारी राखेको बताउँदै मन्त्रिपरिषद बिस्तार हुन केही समय लाग्ने बताएका हुन् ।

आज संघीय संसद भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै खड्काले भने, ‘प्रत्येक दिन गठबन्धन बैठक बसिरहेको छ। प्रधानमन्त्रीले दलका नेताहरूसँग छलफल गरिराख्नुभएको छ। अब दुई/तीन दिनमा मन्त्रिपरिषदले पूर्णता पाउँछ।’

खड्काले कुन दलले कति मन्त्रालय दिने र कुन–कुन मन्त्रालय लिने भन्नेबारे निर्णय भइनसकेको र छलफलकै क्रममा रहेको पनि बताए । ‘कुन दलले कुन मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने निर्णय भइसकेको छैन, छलफल भइरहेका छन्,’ उनले भने, ‘कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को(को मन्त्री पठाउने भन्नेबारे निर्णय गरिसकेको छैन। केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय गर्छौं।’

प्रधानमन्त्री प्रचण्डले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत पाएका थिए । सत्ता गठबन्धनका दलहरू कसलाई कति मन्त्रालय दिने भन्ने भागबन्डा नमिल्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ हुँदै आएको छ। खासगरी दलहरुले धेरै मन्त्रालयमा दाबी गर्दा गठबन्धनमा सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १७:३२   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।