काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनसम्बद्ध दलका शीर्ष नेताहरुको बैठक भोलि (मंगलबार) पुनः बस्नेगरी सकिएको हो ।
मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।
तीन शीर्ष नेताबीच भोलि अपरान्ह ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।




















प्रतिक्रिया