Logo

अर्थ

खुलामञ्च अगाडि मिटरब्याज पीडितको प्रदर्शन : ‘तमसुक व्यवस्था खारेज गर’



काठमाडौं । तराईका विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन् । सोमबार खुलामञ्चभित्र प्रवेश गर्न खोजेका उनीहरूलाई महानगर प्रहरीले रोक्ने क्रममा केही बेर धकेलाधकेलसमेत भएको थियो ।

प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि सयौंको संख्यामा रहेका उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरे । पीडितहरूले ‘मिटरब्याजीलाई कारबाही गर’, ‘सहुलियत दरमा ऋणको व्यवस्था गर’, ‘तमसुक व्यवस्था खारेज गर’ लगायतका नारा लगाएका छन् ।

यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू ११ दिनको पैदल यात्रापछि काठमाडौं आएका हुन् ।

तस्बिरहरु हेर्नुहाेस्

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १९:१८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।