काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको दोस्रो खेलमा नेपालले आज (मंगलबार) भुटानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ । भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २–१ ले हराएको थियो । भुटानलाई फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।
नेपालले भुटानविरुद्ध हालसम १२ पटक खेलिसकेको छ । नेपालले भुटानविरुद्ध १२ खेलमा १२ जित हासिल गरेको छ। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
नेपालले १ खेलमा ३ अंक जोडेको छ । लाओसको पनि ३ अंक रहेको छ । भुटानले अंक जोड्न सकेको छैन । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।




















प्रतिक्रिया