Logo

प्रमुख समाचार

एमालेमा घचेट्या घचेट्यै गरे नयाँ पाइला चाल्न सक्छु : भीम रावल



कैलाली । नेकपा एमालेका नेता डा. भीम रावलले आफूलाई पार्टीमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने चेतावनी दिएका छन् । आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने तर घचेट्या घचेट्यै गरिए आफू चुप लागेर नबस्ने स्पष्ट पारेका छन् ।

‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्दतिको कुरा गर्छस् भनेर घचेट्या घचेट्यै गरे भने त्यतिबेला नेकपा एमालेका इमान्दार कार्यकर्ता, जनतासँग सोध्नेछु– अब म यही घचेट्याइ मात्र मानिराखुँ कि नघचेट भनेर जिउ चलाउँ भनेर सोध्नेछु र त्यतिबेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु’, उनले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १३:०१   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।