Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता, भागबन्डाकै विषयमा कुराकानी



काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो ।

छलफलमा अध्यक्ष नेपालले केन्द्रमा तीन मन्त्रालय र सकभर प्रदेशमा एक मुख्यमन्त्रीसहित सातै प्रदेशमा एक-एकजना मन्त्री भए पनि हुनुपर्छ माग प्रचण्डसमक्ष राखेका थिए । जवाफमा प्रचण्डले काेसिस गर्ने तर धेरै गाह्राे रहेकाे बताएका थिए ।

प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार सरकार विस्तारको विषयमा उनीहरुबीच अन्य महत्वपूर्ण छलफल भएकाे छ । आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उनीहरुबीच भेट भएको हो ।

छलफलमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १३:१३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।