काठमाडौं । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत्र ५ गते सम्पन्न भयो । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा भएका निर्वाचन त्यत्ति सन्तोषजनक भने रहेन । कतिपय क्याम्पसमा विवादका कारण एकसाथ निर्वाचन नै हुन सकेन भने केही क्याम्पसमा धाँधली भएको भन्दै असन्तुष्टि व्यक्त भएका छन् ।
काठमाडौं पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा भएको स्ववियु निर्वाचन पनि विवादरहित हुन सकेन । नेविसंघबाट टिकट नपाएपछि ८ जनाको टिमले स्वतन्त्र शंकरदेव समूह बनाएर निर्वाचनमा भाग लियाे । तर सबै स्वतन्त्र उम्मेदवारलाई फर्जी मत खसालेर हराइएको आराेप लगाइएकाे छ ।
नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र (सचिवमा) उम्मेदवारी दिएका विद्यार्थी नेता मिलन खतिवडा ५ चैतमा सम्पन्न निर्वाचनप्रति असन्तुष्ट छन् । उनले आफूलाई नियोजित रुपमा हराइएको दाबी गरेका छन् । टिकट वितरण गर्दा नेताको जयजयकार गर्नेहरुलाई दिइएको तर विद्यार्थीहरुको वास्तविक समस्या समाधानका निम्ति तयार हुनेलाई पाखा लगाइएको उनको आरोप छ ।
टिकट नपाउने ८ जनाको टिमले स्वतन्त्र शंकरदेव समूह बनाएर निर्वाचनमा भाग लिए पनि सबैलाई फर्जी मतबाट हराइएको उनको आरोप छ । आफ्नो जित सुनिश्चित भएपनि नेविसंघले फर्जीज मतकै कारण आफू हार्नु परेको विद्यार्थी नेता खतिवडा दाबी गर्छन् । ‘६ सयभन्दा बढी फर्जी मतमार्फत मलाई हराइयो’, उनले भने, ‘नेविसंघका उम्मेदवार र मेरो बराबर मत आयो भननियो । र अन्तिममा गोलाप्रथा गरियो । तर त्यसमा पनि हाम्रो उपस्थितिबिना गरियो । र नेविसंघकैलाई जिताइयो ।’
उनले आफूप्रति अन्याय भएको भन्दै अब न्यायका लागि अदालत जाने चेतावनी पनि दिएका छन् ।
भिडियो हेर्नुहोस्




















प्रतिक्रिया