काठमाडौं । सत्तारुढ गठबन्धनको बालुवाटारमा जारी बैठकमा राजनीतिक दलहरूले आफूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरेका छन् । मंगलबार साँझ बसेको बैठकमा गठबन्धन दलहरूले पार्टीका तर्फबाट मन्त्रालय संख्या दाबी गरेका हुन् ।
बैठकमा गठबन्धनको प्रमुख दल कांग्रेसले नौ मन्त्रालयमा दाबी गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले तीनरतीन मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरूका प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसद छन् ।
सत्तरुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम पनि वितरण गरिएको एक नेताले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।




















प्रतिक्रिया