Logo

राजनीति

दलहरुबीच मिल्याे भागबन्डा, बिहीबार मन्त्रिपरिषद् विस्तार हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । बुधबार बालुवाटारमा बसेकाे दश दलीय सत्ता गठबन्धनकाे दाेस्राे चरणकाे बैठकमा दलहरु बिहीबार मन्त्रिपरिषद विस्तार गर्न सहमत भएका हुन् ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको बताए । उनले भने, ‘भोलि बेलुका शपथ हुने र जनमोर्चा बाहेक सबै दल सरकारमा जाने छन् । ९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।’

गठबन्धनमा भएकाे सहमति अनुसार नेपाली कांग्रेस ८, माओवादी (प्रधानमन्त्रीसहित) ५, जसपा र एकीकृत समाजवादी २/२ जनमत, नागरिक उन्मुक्ति, लोसपा, आमजनता (प्रमु साह), नेसपा (बाबुराम)ले १/१ मन्त्रालय लिने भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार १८:३२   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।