Logo

प्रमुख समाचार

उपनिर्वाचन : बारा–२ मा सत्ता गठबन्धनबाटै तीन जना उम्मेदवार



काठमाडौं । वैशाख १० मा हुन लागेको बारा–२ को उपनिर्वाचमा सत्ता गठबन्धनबाटै तीन जना उम्मेदवार हुने भएका छन् । दश दलीय गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले छुट्टाछुट्टै उम्मेदवार उठाउन लागेका हुन् ।

गत आमचुनावमा जसपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । जसपाबाट उक्त क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव नै चुनाव लड्ने तयारीमा छन् । सप्तरी २ बाट गत आमनिर्वाचनमा जनमत पार्टीका अध्यक्षसमेत रहेका सिके (चन्द्रकान्त) राउतसँग भारी मतान्तरले पराजित भएका यादव उपनिर्वाचनबाट संसद छिर्ने दाउमा छन् ।

गठबन्धनमै रहेको जनमत पार्टीले पनि छुट्टै उम्मेदवार अघि सारेको छ । उक्त पार्टीले शिवचन्द्र कुसहवालाई उम्मेदवार बनाउँदै छ । कुशवाह बुधबार मात्रै माओवादी केन्द्र परित्याग गरि जनमतमा आएका हुन् । ४ मंसिरको चुनावमा रामसहायले बाजी मार्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाह पराजित भएका थिए ।

यसैगरी महन्थ ठाकुर नेृत्वको लोसपाबाट पनि राजेन्द्र महतो उपचुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत चुनावमा सर्लाही २ मा पराजित भएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १२:४०   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।